वडाध्यक्ष मृत्यु प्रकरण : शव उठाउने सहमति

100
SHARES
557
VIEWS

संकास्पद अवस्थामा मृत भेटिएका अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदम बहादुर धामीको शव उठाउने सहमति भएको छ। नगरकार्यपालिकाको बैठकले घटनाको सत्यतथ्य छानविनमा सहयोग, मृतकका सन्ततिको शिक्षादिक्षा तथा राहतका लागि केन्द्र सरकारसँग माग गर्नेलगायत निर्णय गरेपछि शव उठाउने सहमति भएको हो।

अनुसन्धान नटुंगिदासम्म वडा र नगरका सम्पूर्ण सरकारी काम काज बन्द गर्ने, बिनायक बजारमा धामीको सालिक स्थापना गर्ने, मृतकका ३ सन्तानलाई  पढ्न चाहेको तह सम्म नगरपालिकाले अध्यापन गराउने निर्णय गरेको मेयर देवराज देवकोटाले जानकारी दिए।

नगरपालिकाको उक्त निर्णयपछि शवको पोष्र्टमाटम गर्न पीडित परिवार सहमत भएका छन्। धामीको शव मंगलबार बिहान ५ बजे गैरीगाँउस्थित गोठछानामा फेला परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार