मुख्यमन्त्रीको घर जाने पुल: पाँच बर्षमा पिल्लर राख्ने वेस मात्र निर्माण

21
SHARES
118
VIEWS

 आमचोक गाँउपालिका  र उदयपुरको चौदण्डीगढी गाउँपालिका जोड्ने पुल ५ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । खोटाङ र भोजपुरवासीलाई तराईमा आवतजावत गर्दा सहजता हुने भए पनि पुल निर्माण हुने कुनै सुरसार देखिँदैन ।

यो प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको आमचौक गाँउ जाने सहज बाटोमा निर्माणाधीन  अबस्थामा रहेको पुल हो । जुन पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने हो ।

तर निर्माण शुरु भएको पाँच बर्षको अवधिसम्म भर्खर नदी वारीपारी पिल्लर राख्ने वेस मात्र निर्माण भइरहेको छ । २०७१ असारमा  रसुवा  एसएन एस पप्पुु जेविले २४ करोड रुपैयाँको लागतमा पुल निर्माण गर्ने सम्झौता भएको थियो ।

तर पुलको निर्माणको काम गरिरहेको स्वच्छन्द निर्माण सेवाले भने निर्माण सामग्री ल्याउन बाटोको समस्या भएको भन्दै निर्माणमा आलटाल गरिररहेको छ ।

सो क्षेत्रका सडक कालोपत्रे भइसक्दा पनि ठेकेदारको कारण पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय भने चिन्तित देखिन्छन् । भोजपुर र खोटाङका जनता तराई झर्ने मुख्य नाका रहेको उक्त स्थान सडक सञ्जालले जोडिएपनि दुधकोशी नदीमा पक्की पुल नहुँदा चार पांग्रे सवारी गुड्न सकेको छैन ।

जसका कारण त्यस भेगका जनताको दैनिकी असहज बन्न पुगेको छ । गाँउ पुग्ने पुलको अवस्था देखेर मुख्यमन्त्री राईलाई पनि चित्त बुझेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार