कांग्रेस उपसभापति गच्छदारविरुद्ध साढे ९ करोडको भ्रष्टाचार मुद्दा

603
SHARES
138
VIEWS

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । पटक–पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री समेत बनेका उनीविरुद्ध ९ करोड ६५ लाख बिगो कायम गरिएको छ ।

बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते गरी व्यक्तिको नाममा सारेर भ्रष्टाचार गरेको आरोपमा गच्छदारसहित पूर्वमन्त्रीहरू छविराज पन्त, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यात लगायत १७५ जनाविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा बुधवार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नेपाली कांग्रेस सत्तामा रहेको समयमा २०४८ सालदेखि उनी लाभको पदमा पटक–पटक पुगेका थिए । २०४८ सालको संसदीय निर्वाचनपछि लगातार निर्वा्चित हुने सांसदमा गच्छदार पनि एक हुन् । गणतन्त्र स्थापना पछि पनि उनी माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई सरकारमा उपप्रधानमन्त्री सहित गृहमन्त्री बनेका थिए ।

पटक–पटक मन्त्री बनेका गच्छदारका समकालीन नेताहरू खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जेपी गुप्ता र गोविन्दराज जोशीलगायतले यसअघि नै भ्रष्टाचार मुद्दा खेपी सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार