वडाध्यक्ष मृत्यु प्रकरण : आज पनी विनायकबजार बन्द

373
SHARES
301
VIEWS

अछामको पञ्चदेवल बिनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको शब फेलापरेको ३ दिन भैसक्दा सम्मपनि पोस्टमार्टम हुन सकेको छैन । धामीको २१ गते विहान ५ बजे गैरीगाँउ स्थित गोठछानामा शब फेला परेको थियो ।

हत्याराको पत्ता नलागेसम्म शब उठाउन नदिने आफन्तको अडानका कारण शबको पोेष्टमार्टम हुन नसकेको हो । अछाम प्रशासन, प्रहरी र स्थानिय तह र स्थानिय अगुवाहरुले शबको पोस्टमार्टमका लागी पहल गरीरहेका छन ।

प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, अछाम प्रहरी प्रमुख डिएसपी दिपक भारती, नगर उप प्रमुख अम्बिका चलाउने , नेकपाका प्रदेश सदस्य नन्द बहादुर कडायत, नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वार लगायत आफन्तहरुले मंगलबार विभिन्न चरणमा छलफल गरेका छन । छलफल निश्कर्षमा भने पुग्न सकेन ।

हत्याको विरोधमा बुधबार विहानैदेखि विनायकबजार पुर्ण रुपमा बन्द रहेकको छ । दिनभर विनायकमा प्रर्दशन समेत गरीएको थियो । मध्यपहाडी लोकमार्ग दिनभर पुर्ण रुपमा बन्द भएपनी बेलुकी देखि सवारी चलेका थिए ।

आफन्तहरुले हत्याराको पत्तालगाउन प्रहरी प्रशासनले ढिलाई गरेको भन्दै बिहिबार पनी विनायक बजार बन्दको आह्वान गरीएको मृतक धामीका भतिजा दिपेन्द्र धामीको भनाई छ ।

प्रहरीले सिआईवि र तालिम प्राप्त कुकुरको माध्यमबाट अनुसन्धान सुरु गरेको छ । कुकुरले मृतक अध्यक्ष दिउसो हिडेको बाट पहिचान गरेको स्थानियले बताएका छन । तर उनको हत्या भएको स्थान भने कुकुरले पत्ता लगाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार