वडा अध्यक्ष हत्याको छानबिनको माग गर्दै बिनायक बजार बन्द

2.6k
SHARES
1.1k
VIEWS

अछाम । वडा अध्यक्ष हत्याको निश्पक्ष छानबिनको माग गर्दै आज बिनायक बजार बन्द गरिएको छ । मृतकका आफन्तहरुले बिहानै देखि सडकमा चक्काजाम गरेका छन । ब्यवसायिक पसलहरु समेत बन्द छन ।

आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाई गरेको आरोप लगाएका छन । पन्चदेवल बजारमा बिहानै देखि टायर बालिएका छन । सवारी आवत जावत समेत बन्द भएको छ । पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष पदम बहादुर धामी को हत्या भएको दुई दिन बितिसक्दा पनि आफन्तले शब बुझ्न मानेका छैनन ।

अनुसन्धानका लागि कुकुर सहितको टोलि धनगढीबाट अछाम पुगेको जानकारी प्राप्त भएको छ । तालिम प्राप्त कुकुर सहितको टोलिले आज अनुसन्धान प्रक्रिया सुरु गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार