कांग्रेसबाट विजयी वडा अध्यक्ष जुवाको खालबाट पक्राउ,२२ लाख बरामद

19
SHARES
104
VIEWS

कैलाली । धनगढीमा नेपाली कांग्रेसबाट विजयी वडा अध्यक्ष सहित १६ जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट गएराती जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र शाही सहितका १६ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले वडा अध्यक्ष सहितका १६ जुवाडे पक्राउ गरिएको पुष्टि गरेका छन्। उनीहरुको साथबाट तत्काल २२ लाख ८२ हजार बढि नगद पनि बरामद गरिएको छ। – दिनेश खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार