चन्द्र प्रसाद भाट,अछाम । स्वास्थ्य चौकी बिनायकको एम्बुसेन्स मर्मत गरी थन्कीएको एक बर्ष पछि नियमित सञ्चालनमा आएको छ । स्वास्थ्य चौकीको नाममा रहेको एम्बुलेन्स बिगत एक बर्षअघि बिग्रीएपछि बन्द अवस्थामा रहेको थियो । एक बर्ष पहिले बिग्रीएर बनाउन नेपालगञ्ज लगीएको थियो । तत्कालीन नेकपा माओबादी केन्द्रबाट समानुपातीक बन्नुभएकी सांसद जानकी साउद रावलको सँसद विकास कोषबाट स्वास्थ्य चौकी विनायकको नाममा खरीद गरीएको थियो ।
सुरुमा सामान्य विग्रिएकोले मर्मतको लागी भनेर नेपालगञ्ज लगिएको एम्बुलेन्स एक बर्ष सम्म पनि नफर्किएपछि वडा अध्यक्ष पदम बहादुर धामीले गायब गरेको स्थानियको आरोप थियो । खरिद गरिएको केही समय स्वास्थ चौकिले एम्बुलेन्स सञ्चालक समितिद्धारा चलाईएको थियो । शेर बहादुर बुढाको अध्यक्षतामा गठित सञ्चालक समितिले एम्बुलेन्स सञ्चालन गर्दा विनायक क्षेत्रका धेरै विरामीहरुले सेवा पाएका थिए ।
२ लाख ९० हजार रुपैँयामा एम्बुलेन्स मर्मत गरीएको हो । लामो समय पछि एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानिय हर्षित भएका छन । एम्बुलेन्स को अभाबमा समस्या भोगीरहेका नगरका बासिन्दा लाई बिरामीहरुको उपचार गर्न सहज हुने भएको छ । अहिले एम्बुलेन्स मर्मत पछि नगरपालीको निग्रानीमा सञ्चालन भैरहेको नगरपालीका का निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम माझीले जानकारी दिनुभयो । माझिका अनुसार अब एम्बुलेन्स नियमित रुपले नगरको मातहतमा सञ्चालन गरीने छ ।
एम्बुलेन्स बिनायक स्वास्थ्यचौकी को नाममा खरीद गरीएको भएपनि पहिलेको सञ्चालक समितिले सहि तरीकाले सञ्चालन गर्न नसकेपछि नगरले जिम्मा लिएको उहाँको भनाई छ । तत्कालका लागी एम्बुलेन्स नगरपालीकाको मातहता रहने र केहि समय पछि एम्बुलेन्स सञ्चालक समिति गठन गरी जिम्मा लगाईने उनको भनाइ छ । पहिलेको जस्तो एम्बुलेन्स सञ्चालनमा अनियमितता नहुने भन्दै माझीले सञ्चालकक समिति गठन गरी पभबकारी ढँगले सञ्चालन गरीने उहाँको भनाई छ । अब एम्बुलेन्स अभाबमा बिरामीहरुले अकालमै ज्यान गुमाउनु नपर्ने भन्दै उहाँले सेवाको भरपुर उपयोग गर्न सेवाग्राही लाई आग्रह गर्नुभएको छ । यसअघि एम्बुलेन्स नहुँदा बिनायक क्षेत्रका सर्बसाधारणले चर्को भाडा तिरेर विरामी अस्पताल लैजानुपर्ने बाध्यता थियो ।
Discussion about this post