भिम रावलको गृह जिल्लामै नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश

151
SHARES
838
VIEWS

पछिल्लो समय अछाममा नेकपा छाडेर अन्य पार्टिमा प्रवेश गर्नेहरुको सङ्ख्या बढिरहेको छ । शनिबार तुर्माखाद गाउँपालिकामा नेकपा परित्याग गरि पार्टिका जिम्मेवार कार्यकर्ताहरु कांग्रेसमा प्रबेश गरेका छन ।

कांग्रेसको गाउँ कार्यसमितिको बैठकमा त्यहाँका जिम्मेवार ८ जनाले प्रवेश गरेका हुन । प्रवेश गर्नेहरुमा सत्ताधारी नेकपाको तुर्माखाद गाउँपालिका ३ भैरबस्थान का पुर्ब वडा कमिटि अघ्यक्ष कर्ण बहादुर बुढा, प्रतिबन्धित नेकपाका संगठित सदस्य मान बहादुर बुढा , तुर्माखाद गा.पा ४ तुर्माखाद का शिक्षक संगठन तथा नेकपा संगठित सदस्यहरू हर्कराज बयक, उज्जल बहादुर बयक, पार्टी सदस्य भक्ते बुढा,नर ब बयक रहेका छन ।

जिल्ला कार्य समिति सदस्य चक्र बहादुर बयकको प्रमुख आतिथ्यतामा भएको बैठकमा नेपाल महिला शिक्षक संघ उपाध्यक्ष तथा गाउपालिका उपाध्यक्ष अमृता बुढा बिशिस्ट अतिथि रहनु भएको हो । नेपाली कांग्रेस तुर्माखाद गाउँपालिकाका सभापती टेक बहादुर बयकको अध्यक्षता भएको कार्यक्रमको संचालन गाउँ कार्यसमिति सचिव हर्क बहादुर बुढाले गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार