सुदूरपश्चिम प्रदेशमा सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन्। एक महिला र एक अन्य गरी दुईजनाका लागि भएको निर्वाचनमा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट शारदा भट्ट र तारमान स्वाँर विजयी भएका हुन।
महिलातर्फको उम्मेदवारमा शारदा भट्ट विजयी भएकी छन्। भट्टले ३ हजार ७ सय ३८ मत प्राप्त गरेर विजयी भएकी हुन्। उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलसी देवकोटाले एक हजार आठ सय ५४ मत प्राप्त गरेकी छन्। देवकोटाले भन्दा भट्टले १ हजार ८ सय ८४ मतले विजयी भएकी हुन्।
यस्तै अर्का उम्मेदवार नेकपाकै तारमान स्वाँर विजयी भएका छन्। उनले तीन हजार ७ सय २० मत प्राप्त गरेका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रताप ठगुन्नाले एक हजार आठ सय ४२ मत प्राप्त गरे। ठगुन्नाले भन्दा स्वाँरले १ एक हजार ८ सय ७२ मत बढी ल्याएर विजयी भएका हुन्।
निर्वाचनमा तीन मत बदर भएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए। एक मत अर्को मतपेटिकामा खसेको र दुई मत बक्सभन्दा बाहिर मतदान गरेकाले बदर भएको हो।
Discussion about this post