अछाममा कांग्रेसका ४० जना बढी नेता कार्यकर्ता नेकपामा प्रवेश

368
SHARES
2k
VIEWS

अछाम । नेपाल कम्यूनिष्ट पार्टी नेकपा अछामका अध्यक्ष तथा राष्टिय सभा सदस्य शेर बहादुर कुँवरले कम्यूनिष्ट सरकारले जनताका आवश्यकता अनुसार विकास गरिरहेको बताउनु भयो । आज चौरपाटीमा आयोजित नेकपा पार्टी प्रवेश तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कुँवरले नेपाल सरकारले सुदुरपश्चिम प्रदेशबाट विद्युतको आपूर्तिको सुरुवात गरिरहेको बताउनु भयो ।

अध्यक्ष कुँवरले सरकारले दुर दराजका बस्तीबाट विकास गरिरहेको बताउनु भयो । राष्टिय सभा सदस्य समेत रहनु भएका कुँवरले सरकारले पहाडी क्षेत्रका मुख्य मुख्य सडकलाई समेत कालो पत्रे गरी रहेको बताउनु भयो । राष्टिय सभा सदस्य कुँवरले वेरोजगार रहेका यूवाका लागि थुप्रै स्वरोजगारका कार्यक्रम गरिरहेको बताउनु भयो ।

नेकपा चौरपाटी गाउँपालिका संगठन कमिटी अध्यक्ष झंकर साउदको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य तथा चौरपाटी गाउँपालिका इञ्चार्ज राम बहादुर थापा, जिल्ला सचिवालय सदस्य राम बहादुर आउजी, नेकपा चौरपाटी गाउँपालिका संगठन कमिटी सल्लाहाकार सदस्य खकेन्द्र बहादुर खडका लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस पार्टी परित्याग गरी ४० जना बढी स्थानिय नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन । नव प्रवेशीलाई नेकपा जिल्ला अध्यक्ष कुँवरले अविर माला सहितले सम्मान गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव शंकरमान वोहराले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार