खेलाडीकाे संरक्षण गर्नु पर्नेमा राष्ट्रिय सभा सदस्य कुँवरकाे जाेड

430
SHARES
334
VIEWS

अछाम । राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवर खेलाडी देशका गहना भएकाले खेलाडीकाे संरक्षण गर्नु पर्नेमा जाेड दिनु भयाे । अाज चाैरपाटी मा अायाेजित राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगिताकाे उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै राष्ट्रिय सभा सदस्य कुँवरले खेल प्रतियाेगिता प्रतियाेगिताकाे रुपमा मात्र नभई एक अर्काे सीप तथा प्रदर्शन गर्ने अवसर समेत रहेकाे धारणा ब्यक्त गर्नु भयाे ।

उहाँले देश विकासकाे मुख्य मेरुदण्डकाे रुपमा खेल क्षेत्रलाई समेत लिन सकिने भन्दै सबै तहबाट खेलाडिलाई सहयाेग गर्नु पर्ने बताउनु भयाे । चाैरपाटी गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष शेर बहादुर सुनारकाे अध्यक्षतामा भएकाे कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद रहनु भएकाे थियाे ।

कार्यक्रममन प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैसी, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य तथा चाैरपाटी गाउँपालिका अध्यक्ष राम बहादुर थापा, नेपाली काँग्रेस पार्टी प्रतिनधि गणेश बहादुर शाह लगायतले मन्तब्य राख्नु भएकाे थियाे । अाज भएकाे पहिलाे ८ सय मिटर दाैड प्रतियोगितामा बैजनाथ पायलका छात्र पारस कुँवर प्रथम,दयापिपलताेला माविका छात्र राेहित भुल द्वितीय र सिउडी माविका छात्र अाशिस शाह तृतिय भएका छन ।

यस्तै अाठ सय मिटरकाे छात्रा तर्फकाे दाेैड प्रतियोगितामा सिउडी माविका सुस्मिता थापा प्रथम,दयापिपलताेला माविका लाेकसरी वाेहरा द्वितीय र गुगुडा निमाविका पार्वति साउद तृर्तिय भएका छन । प्रतियोगितामा गाउँपालिकाका सात वटै वडाका मुख्य सात विद्यालयकाे सहभागिता रहेकाे छ । प्रतियोगिता माघ १० गते सम्म सञ्चालन गरिने अायाेजकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार