फागुन मसान्त भित्र अछामलाई छाउपडीमुक्त घोषणा गरिने

72
SHARES
402
VIEWS

काठमाडौँ। फागुन मसान्तभित्र अछाम जिल्लालाई छाउपडी प्रथामुक्त जिल्ला घोषणा गरिने भएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङसहितको टोलीको उपस्थितिमा छाउपडी प्रथा अन्त्यका लागि जारी गरिएको घोषणा पत्रमा माघ १५ भित्र जिल्लाका सबै वडा, फागुन १५ भित्र सबै पालिका र फागुन मसान्तभित्र जिल्लालाई नै छाउपडीमुक्त जिल्ला घोषणा गर्ने उल्लेख गरिएको छ।

पछिल्लो समय अछामलगायत सुदूरपश्चिमका जिल्लामा छाउपडीका कारण थुप्रै महिला तथा किशोरीको ज्यान गएको समाचार सार्वजनिक भएपछि मन्त्री गुरुङ छाउपडी प्रथाविरुद्ध कार्यक्रम लिएर अछाम पुगेका हुन्। मन्त्री गुरुङको टोलीले सो घोषणापत्र जारी गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार