पूर्ण बहादुर खड्का, माघ ५ अछाम । महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङले न्याय हेल्थ नेपालले संचालन गरिरहेका स्वास्थ्य संस्थाबाट प्रदान भईरहेका सेवा प्रशंसा गर्न योग्य रहेको बताउनु भएको छ । आईतबार आज बयालपाटा अस्पतालको अनुगमन तथा निरिक्षण गर्दै मन्त्री गुरुङको टोलीले अस्पतालले दिईरहेको निशुल्क स्वास्थ्य सेवाले प्रणालीगत स्वास्थ्य सुधार हुने देखिएको उल्लेख गर्नुभयो ।
साथै उहाँले अस्पताल संचालनका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । अछाम भ्रमणको शिलशिलामा बयालपाटा अस्पताल पुग्नु भएका मन्त्रीको टोलीले अस्पतालबाट प्रदान गरिने सेवा, नवर्निमित भवन लगायतका विभिन्न बिषयमा जानकारी लिएको थियो ।
अस्पतालको बारेमा न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले जानकारी गराउनु भएको थियो । भम्रण टोलीमा प्रतिनिधी सभा साँसद प्रेम आलेमगर, साँसद निरु पाल, समाज कल्याण संघका सचिव लगायतको सहभागीता गरेको थियो ।
Discussion about this post