रातारात उथलपुथल : राष्ट्रपतिको हस्तक्षेपपछि प्रधानमन्त्रीले दिए राजीनामा !

419
SHARES
2.3k
VIEWS

काठमाडौं – संवैधानिक व्यवस्थामा व्यापक सुधारको प्रस्ताव राष्ट्रपति भ्लादिमिर पुटिनले राखेपछि रुसमा प्रधानमन्त्री दिमित्रि मेहवेदेवसहित पूरै मन्त्रीमण्डलले राजीनामा दिएका छन् । रुसमा रातारात राजनीतिक उथलपुथल देखापरेको छ । राष्ट्रपति पुटिको प्रस्तावले सत्ता सन्तुलनमा निकै परिवर्तन आउने प्रधानमन्त्री दिमित्रि मदवेदेवले जनाएका छन् ।

‘यो परिवर्तन लागू भएपछि संविधानको अनुच्छेद मात्रै परिवर्तन हुने छैन, सत्ता सन्तुलन र शक्तिमा पनि परिवर्तन आउने छ । कार्यकारीको शक्ति, विधानमण्डलको शक्ति, न्यायपालिकाको शक्ति यी सबैमा परिवर्तन हुनेछ । यसकारण वर्तमान सरकारले राजीनामा दिएको हो,’ उनले राजीकारण खोतल्दै भनेका छन् ।

राष्ट्रपति पुटिनले संविधान परिवर्तन गर्ने प्रस्ताव राखेका छन्, जसका लागि देशैभर मतदान हुनेछ । यसको माध्यमबाट सत्ताको शक्ति राष्ट्रपतिभन्दा संसदसँग बढी हुने अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्रीको पद छोडिरहेका दिमित्रि मेदवेदेवलाई पुटिनले राष्ट्रिय सुरक्षा परिषद्का डिपुटी चेयरम्यान (उपाध्यक्ष) बनाउने घोषणा गरेका छन् । यसरी अचानकरुपमा रुसी सरकारको राजीनामाले सबै हैरानमा छन् । राष्ट्रपति पुटिनले एक बयानमा सरकारले प्राप्त गरेको उपलब्धिलाई लिएर धन्यवाद समेत दिएका छन् ।

अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यम बीबीसीका लागि मस्कोका संवाददाता सारा रेन्सफर्डले भनिन्, ‘पुटिनले प्रधानमन्त्री मेदवेदेवलाई पदबाट किन हटाए ? यसबारेमा थाहा भइसकेको छैन । पुटिनले मदवेदेवलाई प्रधानमन्त्रीको पदबाट हटाए र सामान्यरुपमा मेदवेदेव जुन फैसला लिन्थे, अब पुटिन आफैंले लिनेछन् । पुटिनले नयाँ मन्त्रिमण्डल गठन नभएसम्म वर्तमान मन्त्रीहरूलाई पदमा रहिरहन भनेका छन् । मेदवेदेव सेक्युरिटी काउन्सिलको उपाध्यक्ष हुनेछन् तर किन ?’

राष्ट्रपति पुटिनको चौथो कार्यकाल सन् २०२४ मा सकिने छ र वर्तमान संविधानको नियमअनुसार उनी अर्काे पटक राष्ट्रपति बन्न नसक्ने देखिएको छ । संविधानमा परिवर्तन गरेर पुटिनले आफ्नो सत्ता लम्ब्याउने जनाइएको छ । तर पुटिनले भविष्यमा राष्ट्रपतिको कार्यकाल दुई पटकका लागि मात्रै सीमित गर्ने सांसदहरूसँग बताएका जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार