काठमाडौं । गोरखाको बारपाक केन्द्र भई ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न भएको छैन। गोरखा भूकम्पपछि नेपालको भौगर्भिक अध्ययन तथा अनुसन्धान गरेका विज्ञले अझै ठूलो भूकम्पको जोखिम रहेको औंल्याएका छन्।
गोरखाभन्दा पूर्व क्षेत्रमा असर पर्ने गरी ठूलो भूकम्प गए पनि पश्चिम नेपालमा कुनै असर पुगेको थिएन।भूकम्पीय जोखिम कायमै रहेकाले सचेत हुने विज्ञले सुझाएका छन्।
फ्रान्सको पेरिसस्थित पीएसएल रिसर्च युनिभर्सिटीका प्राध्यापक शिव सुवेदी नेतृत्वको टोलीले लामो समय लगाएर गरेको भौगार्भिक अध्ययनले नेपालको पश्चिम क्षेत्रमा अझै ८ रेक्टरभन्दा ठूलो भूकम्प जान सक्ने निष्कर्ष निकालेको छ। १२ वैशाख २०७२ को भूकम्पको समयमा खानी तथा भूगर्भ विभागका तत्कालीन महानिर्देशन लोकविजय अधिकारी र सुर्खेतस्थित क्षेत्रीय भौगर्भिक अध्ययन केन्द्रका रत्नमणि गुप्ता सम्मिलित टोलीले अझै भूकम्पीय जोखिम अन्त्य नभएको निष्कर्ष निकालेका हुन्।
यस्तै पीएसएल र्चि युनिभर्सिटीका हेलेन लियोन केन, आर्यजोन फ्रान्सका विशेषज्ञ लाउरेन्ट वोलिंगर, पेरिसकै इन्स्टिच्युट अफ फिजिक्स, द ग्लोब फ्रान्सका भरोन्क्वी फररा, इन्स्टिच्युट अफ अर्थ साइन्स, युनिभर्सिटी अफ लाउसान्ने स्विट्जरल्यान्डका ग्योगी हेनेन्वी र युनिभर्सिटी अफ स्ट्रस्वर्ग फ्रान्सका जेरोमी भेग्ने सम्मिलित विज्ञहरुले लामो समयदेखि नेपालको पश्चिम क्षेत्रको भौगर्भिक अध्ययन गरेका थिए। अध्ययनबाट नेपालको पश्चिम क्षेत्रमा अझै ठूलो भूकम्प जान सक्ने संकेत पाइएको अधिकारीले जानकारी दिए। यो समाचार आजकाे राजधानी दैनिकमा छापिएको छ।
Discussion about this post