अछामलाई छाउपडी गोठमुक्त जिल्ला घोषणा गरिँदै

327
SHARES
284
VIEWS

अछाम जिल्लाका १० वटै स्थानीय तहमा छाउगोठ भत्काउने अभियान जारी रहेको छ। जिल्लामा गत पुस १० गते भएको सर्वपक्षीय सर्वदलिय बैठकको निर्णयअनुसार सबै तहले छाउगोठ नष्ट गर्ने कार्य धमाधम अगाडि बढाएका हुन।

साँफेबगर नगरपालिकाले १४ वटै वडामा छाउपडी गोठ भत्काउने अभियानको थालनी गरेको छ। छाउगोठमुक्त वडा घोषणा कार्यलाई अगाडि बढाएको जनाइएको छ। मङ्गलसेन नगरपालिकाले नगरका १४ वडा तथा चौरपाटी गाउँपालिकाले सात वडामा छाउगोठ भत्काउने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय अछाममा भएको सर्वपक्षीय निर्णयअनुसार माघ मसान्तभित्र सबै वडा, फागुन १५ भित्र नगर र मसान्तसम्म जिल्लालाई छाउपडी गोठमुक्त घोषणा गर्न अभियानका साथ लागि परेको मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले बताए।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हालसम्म एक हजार ८५८ छाउपडी गोठ भत्काइएको छ। कतिपय ठाउँमा प्रहरीको टोली खटेर भत्काउने गरेकाले प्रहरीलाई तथ्याङ्क जानकारी हुने गरेको र कतिपयले स्वतःस्फुर्त आफैँ भत्काउने गरेकाले छाउपडी गोठ भत्केको तथ्याङ्क बढ्न सक्ने प्रहरी प्रमुख दीपक भारतीले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार