संगितको साधना नै जिवन जस्तो लाग्छ गायिका नित्याशिवा

103
SHARES
247
VIEWS

काठमान्डाँै ,पौष २६।
नेपाली सुगम संगीतका साथै चलचित्रका गीतमा आफनो सुरिलो आवाजमा सयौँ गीतहरुमा आवाज दिइसकेकी सुनसरी प्रकाशपुरकी गायिका हुन । अनिता कटुवाल नित्या शिवा । पुर्वाञ्चलको ग्रामीण परिवेशमा रहेर पनी उनले आफनो संगीतिक यात्रामा भने एक पृथक किसिमको पहिचान बनाइसकेकी छन ।

काठमाडौ लाई कर्मथलो बनाएर निरन्तर सांगितिक क्षेत्रमा उदाउदै गरेकी उनले हाल सम्म दजनौ गीत संगीतमा आफनो जादुमय आवाज भरिसकेकी छन । नेपाली गीत संगीतमा धेरैलाई संगीतको शिक्षा दिएका गुरु गुरुदेव कामत सगँ संगीतको शिक्षा लिएकी उनी आफुलाई भगवानरुपी दर्शक तथा स्रोतको कारणबाट नै आजको स्थान सम्म आइपुगेको उनी बताउछिन ।

संगीत साधना हो साधना बिना मानिसक जीवन अपुरो अधुरो हुने उनको बुझाई छ । आफ्नो दुई एल्बम चाहना मनको र मेरो दिलमा दुई गीति एल्बम बजारमा ल्याएर सर्वाधिक श्रोताको नजरमा सर्वोकृष्ट गायिकाको रुपमा आफुलाई उतारिसकेकी छन । विभिन्न ११ चलचित्रमा आफ्नो स्वर दिएकि छ्न । बिधवा चलचित्रमा राजेश पायल राई सगँ गालैको कालो कोठिले गाएर नेपाली रजतपट मा प्रवेश गरेकी थिइन ।

बिधवा, रथ, गोरे, काँचुली, लवजोन,सम्हाली राख है, मेरो दिल छ पोखरामा ,मदहोस,सत्यम शिवम ,सुन्दरम लगायतका चलचित्रमा आवाज दिएकी नित्याशिवा पाशर््व गायन मा आफ्नो पहिचान बनाउन लागी परेकी एक सफल कलाकार हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार