अछाम , पौष २६ । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा आजबाट भलिबल प्रतियोगिता सुरु भएको छ । खेलकुद हो स्वास्थ्यको मुल, भाग लिएर बनाउ जीवन अनुकुल भन्ने मुल नाराका साथ अन्तर विभागिय खुल्ला भलिबल प्रतियोगिता संचालन गरिएको हो । न्याय हेल्थ नेपाल सामुदायिक स्वास्थ्य कार्यक्रमका प्रमुख हरिजंग रायमाझीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा डाक्टर प्रियंका गुप्ता बिशिष्ट अथिति रहनु भएको थियो ।
उद्घाटन कार्यक्रममा संस्थाका बित्त सहायक रामराज खकुरेल, जनसंचालन बिभाग प्रमुख प्रकाश ढकाल, आपुर्ती तथा संचालन बिभाग प्रमुख तिलकमान बोहरा, डाक्टर रेखा सेरचन लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
भम्रण बर्ष २०२० लाई सफल पार्न टेवा पुगोस भन्ने हेतुले भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । स्वास्थ्यका लागि खेलकुद अपरिहार्य जस्तै भएको भन्दै समय समयमा यस्ता खेलका गतिविधी संचालन गरिहनुपर्ने कार्यक्रमका सहभागीहरुको भनाई थियो । यस्ता प्रकारका कार्यक्रमले कर्मचारीहरु बिच एक आपसमा पारिस्परिक सम्बन्ध पनि राम्रो भईराख्नेमा उहाँहरुको जोड थियो ।
यसैबिच उद्घाटन पछि समाबेशी टिम र एमएलपी टिम बिच भएको पहिलो खेलमा एमएलपी बिजयी भएको छ भने सिएमए र क्यान्टीन अप्रेसन्स टिम बिच भएको दोश्रो खेलमा सिएमए टिम बिजयी भएको छ । यस्तै धर्म खड्का टिम र एमएलपी टिम बिच भएको अन्तिम तथा तेश्रो खेलमा पनि एमएलपी टिम बिजयी भएको छ । यो संगै एमएलपी टिम सेमिफाईनलमा प्रबेश गरको छ ।
भोली शनिबार धर्म खड्का टिम र समाबेशी टिम बिच पहिलो खेल हुनेछ भने क्यान्टीन अप्रेसन्स टिम र एमएलपी बिच दोश्रो खेल हुने बताईएको छ । यस्तै तेश्रो खेल सिएमए र समहु बि बाट बिजेता टिम बिच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, दोश्रो तेश्रो हुने टिमहरुलाई मेडल, प्रमाण पत्र तथा नगद पुरुस्कारको समेत व्यवस्था गरिएको आयोजक टिमका जीवन बोहराले बताउनु भयो ।
Discussion about this post