काठमाडौं, २२ पुष । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकी सहयोग (एमसीसी) को सहयोग लिन सकिने धारणा राखे । उनले राष्ट्रिय हित अनुकूल हुनेगरी जुनसुकै देशको सहयोग लिन सकिने बताए । उनले भने,‘हाम्रो राष्ट्रिय हित अनुकूल छ भने जुनसुकै देशको पनि सहयोग लिन सकिन्छ ।’
राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा मंगलवार काठमाडौं आयोजित ‘समावेशी विकास र समृद्धि’ विषयक कार्यक्रममा बोल्दै उनले हामीले गर्दै आएको अभ्यास र आवश्यकताबीचको अन्तरविरोधलाई पन्छाएर विकास र समृद्धिका लागि ठीक बाटो समातेर सरकार अघि बढिरहेको पनि दाबी गरे ।
उनले भने, ’त्यसका लागि विकासमैत्री सरकारी नीति र वातावरण, सरकारी, सहकारी र निजीबीचमा सहकार्य र सहभागिता, मेहनती जनता र जनसहभागिता, इमान्दार कर्मचारीको आवश्यकता पर्छ
Discussion about this post