प्रहरी फन्दामा परेको समाचार बाहिरिएपछि पर्यटनमन्त्री भट्टराईले बास्तबिकता चित्रण गर्दै अस्ट्रेलियाबाटै मुख खोले,

6
SHARES
36
VIEWS

२२ पौष काठमाडौँ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले आफ्नो अस्ट्रेलिया भ्रमणका सन्दर्भमा ग’लत समाचार सम्प्रेषण दावी गरेका छन् । सिड्नीका सुरक्षाकर्मीले नेपाल भ्रमण वर्ष २०२० को र्‍याली गर्न रोक लगाएको समाचार सार्वजनिक भएपछि भट्टराईले त्यसमा कुनै सत्यता नरहेको बताएका हुन । ‘मौन जु’लुस मार्फत पर्यटन वर्षको प्रवर्द्धन गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत ग’म्भीर छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

भट्टराईले अस्ट्रेलियाको सिड्नीमा नेपाली राजदूतावासको आयोजना तथा एनआरएए लगायतका संघ–संथाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको पनि बताएका छन् । उनले कार्यक्रममा न्यू साउथ वेल्स स्टेटका सभामुखसहित अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधिलगायतको उपस्थिति रहेको भन्दै सो क्रममा उनीहरुका तर्फबाट शुभकामना मन्तब्यव्य पनि व्यक्त भएको बताएका छन् ।

यस्तै मौन जु’लुस मार्फत पर्यटन बर्षको प्रवर्द्धन पगरिएको उनको भनाइ छ । तर साउथ एसिया डट कम डट एयूका अनुसार आयोजकले र्‍याली आयोजनाका लागि सम्बन्धित पक्षसँग कुनै अनुमति नलिएका कारण प्रहरीले रोक लगाएको थियो । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा उद्घाटन गरिएको छ ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् । त्यसअघि सिड्नीका विभिन्न स्थानबाट नेपालीहरु आ-आफ्नो सास्कृतिक पहिरनसहित सर्कुलर क्युवेमा आइपुगेका थिए । त्यसक्रममा नेपालीहरुले डढेलो पीडितका लागि सहयोग जुटाउने अवसरका रुपमा स्याल्भेसन आर्मीका चन्दा बाल्टिनहरु बोकेका थिए । केहि नेपाली स्वोयाम्सेवकहरुले जिवजन्तुहरुका लागि पनि सहयोग संकलन गरेका थिए ।

कार्यक्रममा नेपालका पर्यटनमन्त्री भट्टराईले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुः’ख व्य’क्त गरे । नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुः’खमा साथमा रहेको उनले बताए । उनले यहाँ भएका आˆना कूटनीतिक नियोग तथा नेपालीहरुलाई सहयोगमा जुट्न आग्रह गरे । न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओडीले अस्ट्रेलियाले व्यहोरिरहेको संकटमा नेपालीहरुको पनि साथ र सहयोग रहेको बताए ।

औपचारिक कार्यक्रम समापन भएपछि पर्यटन्मन्त्री भट्टराईसहित सहभागीहरुले नजिकै रहेको ओपेरा हाउसको भ्रमण गरेका थिए । नेपाल र अस्ट्रेलियाको झण्डासमेत बोकेका करिब दुई सय मानिस ओपेरा हाउस नजिकै पुग्दा त्यहाँका सुरक्षागार्डहरुले केहीबेर रोकेर सोधेका थिए ।प्र’द’र्शन जस्तो देखिने कार्यक्रमले पर्यटकहरुलाई असु’विधा पुग्ने भएकाले सुरक्षागार्डले चासो राखेका हुन् । प्रचारमा आए जस्तो स्थानीय प्रह’रीले कार्यक्रम रोक्न आ’दे’श दिएको होइन’ मन्त्री भट्टराईले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार