अमेरिकाले मारिदिएका इरानी जनरल सुलेमानीको अन्तिम संस्कारका क्रममा ३५ जनाको मृत्यु

9
SHARES
51
VIEWS

काठमाडौं। इरानी कमाण्डर जनरल कासिम सुलेमानीको अन्त्येष्टीमा भागदौड मच्चिदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । इरानी कमाण्डर जनरल कसिल सुलेमानीको अन्तिम विदाइको लागि श्रद्धाञ्जली दिन हजारौंको संख्यामा सर्वसाधारण जम्मा भएका थिए । भगदौडमा कम्तिमा ४८ जना घाइते भएको इरानी टिभीलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।

अमेरिकी ड्रोन आक्रमणमा गत् शुक्रबार मृत्यु भएका कमाण्डर जनरल कसिम सुलेमानीको शव उनको गृहनगर केरमान पुर्याइएको थियो । सुलेमानीको शव राखिएको बाकस नजिक पुग्न हजारौं समर्थकले प्रयास गरेपछि भगदौड मच्चिएको थियो । केरमानमा आजै उनको अन्त्येष्टी गरिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार