मेयरकै कार्यकक्षमा कुटिए पत्रकार

22
SHARES
121
VIEWS

२२ पुस, जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयरको कार्यकक्षमा पत्रकारहरुमाथि कुटपिट भएको छ । मेयर लालकिशोर साहका समर्थकको कुटपिटबाट तीन जना पत्रकार घाइते भएका छन् ।

मंगलबार जानकी मन्दिरको जग्गा अतिक्रमण सम्बन्धमा मेयर साहसँग कुराकानी गएका पत्रकारमाथि समर्थकले आक्रमण गरेका हुन् । नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, उज्यालो अनलाइन डटकमका पत्रकार सुवास कर्ण, देश सञ्चार डटकमका पत्रकार राजा झालाई आफ्नो सहयोगी तथा नगरप्रहरी प्रयोग गरी कुटपिट गर्नुका साथै, कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुरलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार