हस्त चौलागाँई, कालिकोट
कालिकोटको जिल्ला मालपोत कार्यालय र नापी कार्यालय हाताभित्र जुवातास खेल्ने गरेको पाइएको छ ।
दुवै कार्यालयका कर्मचारीले शनिबारको दिन रमाइलो गर्न भनेर जुवातास खेल्ने गरेको पाइएको हो । मालपोत कार्यालयका कर्मचारि भक्त बहादुर शाही, नापी कार्यालयका कर्मचारि रंग बहादुर वुढा र मालपोत कार्यालयकै अर्का कम्प्युटर अपरेटर विरेन्द बहादुर शाही लगायतका सरकारी कर्मचारिको समुह कार्यालयकै हाताभित्र जुवातास खेलिरहेका भेटिएका हुन् । जुवातास खेलिरहेका कर्मचारिले मनोरञ्जनका लागि खेलेको भनेपनि उनिहरुले पैसा राखेर नै खेलेका हुन् ।
उनिहरुले यस अघिपनि कार्यालयको हाताभित्रै खेल्दै गरेको स्थानीयले बताउने गरेका छन् । प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्याले विदाको दिनमा भएपनि कार्यालय हाताभित्र जुवा खेल्न नपाइने बताउनुभयो । यदि खेलेकै प्रमाणित भए उनिहरुलाई कारवाही गरिने उहाँले बताउनुभयो ।
Discussion about this post