अछामका ग्रामीण बस्तीमा चिप्ले चोर आतंकको त्रास

647
SHARES
819
VIEWS

दिनेश केशी,अछाम

अछामका ग्रामीण बस्तीहरुमा चिप्ले चोर आतंकको अफवाह फैलिएको छ । जिल्लाका बान्नीगढि जयगढ गाउँपालिका, साँफेबगर, पञ्चदेवल बिनायक र मंगलसेन नगरपालिकामा चिप्ले चोरहरुले आतंक मच्चाएको हवल्ला एक कान दुईकान मैदान हुँदै गा्रमिण बस्तिमा सुनिन थालेको छ ।

बान्नीगढि जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सेनमा पुष १३ गते रात्री घरमा चोर पसेको हवल्ला गाउँभरि सुनिदा समन्धित वडाबाट आधिकारिक खबर प्राप्त नभएको जयगढ प्रहरी चौकीले जानकारी दियो ।

यस्तै मंगलसेन नगरपनलिका कुन्तीको सुवाखाँदमा बिहिबार एक जना भारतिय नागरिक संकास्पद अवस्थामा फेला परेका छन । भारतको कुहिनुर अमाउ देखि नेपाल अछाम सम्मको सांकेतिक नक्सा सहित धारिलो हतियार बोकेका भारतिय नागरिक फेला परे संगै स्थानियले नियन्त्रणमा अछाम प्रहरीलाई खबर गरेको स्थानिय एकेन्द्र थापाले जानकारी दिए ।


खबर पा्रप्त हुने बित्तिकै प्रहरी टोलि पठाई उक्त भारतीय नागरिकलाई अनुसन्धानको लागी हिरासतमा राखिएको अछाम प्रहरी प्रमुख दिपक भारतीले बताए ।

पछिल्लो समय अछामका थुर्पै गा्रमिण भेग तिर चिप्ले चोर, किड्नि चोरले आतंक मच्चाएको खबर सुनिन थालेपछि स्थानीय त्रसित बन्न थालेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार