बिहीबारदेखि देशका धेरै ठाउँमा चिसो बढ्ने, बिहीबार र शुक्रबार वर्षासँगै हिमपातको सम्भावना   

8
SHARES
42
VIEWS

काठमाण्डाै – बुधबारदेखि देशका धेरै ठाउँमा चिसो बढेकाे मौसमविद्ले बताएका छन् ।

जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज रातिसम्ममा प्रवेश गर्ने देखिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार यही प्रणालीका कारण बुधबार देशको पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ ।

यो प्रणाली बिहीबार बेलुकीसम्म अझै सशक्त भइ देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमा समेत भारी हिमपात हुने उहाँले बताउनुभयो । यो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली भइ तापक्रम घट्ने र देशैभरि चिसो बढ्ने अनुमान रहेको मौसमविद् कँडेलले बताउनुभयो ।

यस्तै यही प्रणालीका कारण आउँदो बिहीबार र शुक्रबार केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।  देशभर तापक्रम घट्ने सम्भावना रहेकाले हिमपात र चिसोबाट जोगिन सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार