प्रदेश सभाको अधिकार अपहरण : कांग्रेसद्धारा नेकपा निर्णयको विरोध

22
SHARES
122
VIEWS

कांग्रेसले संघीयताको मर्म विपरीत नेकपाको सचिवालयले प्रदेश ३ को नामाकरण गरी आदेश जारी गर्नुलाई प्रदेश सभाको अधिकार अपहरण भएको जनाएको छ ।

काँगे्रश प्रवक्ता विश्व प्रकाश शर्माले कांग्रेसले प्रदेश सभाको सदस्यको उम्मेदवार तय गर्न पुष १७ गते कार्यसमिति बैठक बस्ने जानकारी समेत दिए । त्यस्तै उनले बुधबार सभापति शेरबहादुर देउवाले अनौपचारीक छलफलका लागि पदाधिकारी सहित केन्द्रीय सदस्यहरुलाई आफ्नो निवासमा बोलाएको जानकारी समेत दिए ।

यता नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालयले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न प्रदेशसभालाई निर्देशन दिने निर्णयको अन्यत्र पनि विरोध हुन थालेको छ । नेवार समुदायका अभियन्ताहरुले प्रदेशको नाम ‘नेवा ताम्सालिङ’ राख्न माग गर्दै नेकपा सचिवालयको निर्णयको विरोध जनाएका हुन् । अभियन्ता मल्ल के सुन्दरले नेकपा सचिवालयले गरेको निर्णयका सम्बन्धमा सबै नेवारहरुको ध्यानकर्षण भएको बताए ।

ताम्सालिङ राज्य बनाउनुपर्छ भनेर पहिले देखि नै आन्दोलन जारी रहेको स्मरण गर्दै नेकपाले गरेको निर्णयको विरुद्ध नेवार समुदाय एकजुट हुने बताए । राष्ट्रिय एकताका लागि सबै जाति, भाषा, धर्म र संस्कृतिलाई मुलधाररमा ल्याउन ंसंघीयता आएको भन्दै उनले प्रदेश नम्बर ३ लाई नेवा ताम्सालिङ नामाकरण गर्नुपर्ने बताए । ratopato

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार