उनको जीवन कठिनाई र चुनौतीले भरिएको छ । उनी स्कुलदेखि व्यापारसम्ममा कयौं पटक असफल भए तर उनी हार मान्ने खालका व्यक्ति थिएनन् ।
यी हुन् ज्याक माका २० सफलताका शुत्रहरु
१. हार कहिल्यै नमान किनकी आज कठिन छ, भोली अझै कठिन हुनेछ तर पर्सी उज्यालो जरुर देखिने छ ।
२. तपाईंले आफ्नो प्रतिद्वन्द्वीबाट सिक्नुपर्छ तर कहिल्यै नकल गर्नुहुन्न । नक्कल गर्नुभयो कि सम्झनुस् तपाईंको मृत्यु भयो ।
३. धैर्य र आत्मविश्वास त्यो जरुरी कुरा हो, जुन तपाईंसँग हुन जरुरी हुन्छ ।
४. म आफुलाई खुसी राख्न प्रयत्न गर्छु, किनकी मलाई थाहा छ, म नै खुसी भइन भने मेरा सहयोगीहरु पनि खुसी हुने छैनन् ।
५. मेरो शेयरहोल्डर खुसी छैनन् भने मेरा ग्राहक पनि खुसी हुन्नन् ।
६. म चाहन्न मलाई मान्छेहरुले मनपराउन्, बरु म चाहन्छु मान्छेहरुले मेरो सम्मान गरुन् ।
७. म आफुलाई आँखा नभएको बाघमा सवार नेत्रहीन व्यक्ति भन्छु ।
८. आफ्नो साथका मान्छेहरु सही चाहिन्छ, न कि सबैभन्दा उत्तम ।
९. हामीसँग कहिल्यै पैसाको कमी हुँदैन । कमी छ भने सपना देख्नेहरुको, जो सपनाको लागि मर्न तयार होऊन् ।
१०. कहिल्यै पनि पैसाको प्रतिस्पर्धा नगर्नुहोस्, बरु सेवा र इनोभेसनका लागि प्रतिस्पर्धा गर्नुहोस् ।
११. अरुको सफलताबाट भन्दा उसको गल्ती र असफलताबाट सिक, किनकी सफलताको भिन्दा–भिन्दै कारण हुनसक्छ तर विफलताका कारण लगभग समान हुन्छ ।
१२. यदी तपाईंले कहिल्यै प्रयत्न नै गर्नुभएन भने मौका छ भन्ने कुरा तपाईंले कहिल्यै थाहा पाउनुहुने छैन ।
१३. यदी तपाईंले हार मान्नुभएन भने सम्झनुस् तपाईंसँग अझै मौका छ । हार मान्नु सबैभन्दा ठूलो असफलता हो ।
१४. जीवनमा तपाईं कति गर्नसक्नुहुन्छ भन्ने तपाईंलाई कहिल्यै थाहा हुँदैन ।
१५. अचेल पैसा कमाउनु धेरै सजिलो छ तर जिम्मेवारीपूर्वक र संसारलाई सुधार्दै निरन्तर पैसा कमाउनु गाह्रो छ ।
१६. यदी तपाईंसँग कुनै पनि कुरालाई फरक–फरक नजरले देख्नसक्ने मान्छेहरु छन् भने सफलता पाउन सजिलो हुनेछ ।
१७. जहाँ समस्या छ, त्यहाँ नै मौका हुन्छ । मात्र चाहिन्छ, मौका देख्न सक्ने नजर ।
१८. बुद्धिमानलाई नेतृत्व गर्न कुनै मूर्खको आवश्यकता हुन्छ । यदी टिममा सबै वैज्ञानिक छन् भने किसानले नेतृत्व गरोस्, किनकी उस्को सोच्ने तरिका फरक हुन्छ ।
१९. जीवन धेरै छोटो र सुन्दर छ । यसैले कामप्रति धेरै गम्भीर नबन, जीवनको आनन्द लेऊ ।
२०. यसले कुनै फरक पार्दैन कि म असफल भएँ, कम्तीमा मेरो अनुभव कसैलाई काम त लाग्छ । यदी म असफलै भए पनि कोही अरु त सफल हुनसक्छ !
Discussion about this post