पाकिस्तानी चलचित्र निर्देशकको आरोप, ‘डन पत्रिकाका सिइओले मेरो बलात्कार गरे’

23
SHARES
128
VIEWS

पाकिस्तानी चलचित्र निर्देशक जमशेद महमूदले गत अक्टुबरमा एक मिडिया घरानाका मालिकले १३ वर्षअघि आफूमाथि बलात्कार गरेको आरोप लगाएका थिए । जमशेदको आरोपपछि त्यतिबेला निकै खलबली मच्चिएको थियो ।

सो समय उनले बलात्कारका आरोपीको नाम खुलाएका थिएनन् । सोमबार भने उनले आफूलाई बलात्कार गर्ने पाकिस्तानको चर्चित अङ्ग्रेजी पत्रिका डनका सिइओ हामीद हारुन रहेको खुलासा गरेका छन् ।

जमी भनेर चिनिने जमशेदले शनिबार राति एक नयाँ ट्वीटर अकाउन्ट खोलेका थिए । त्यही अकाउन्टबाट उनले यो आरोप लगाएका हुन् । उनले आफ्नो पुरानो ट्वीटर अकाउन्ट ह्याक भएको कारण नयाँ अकाउन्ट बनाउनु परेको बताएका छन् । उनले आफ्नो ट्वीटलाई फेसबुक पेजमा पनि सेयर गरेका छन् ।

उनले डनलाई आफ्नो पोष्टमा ट्याग गर्दै समाचार प्रकाशित गर्न चुनौतिसमेत दिएका छन् । ‘हो, हामिद हारुनले मेरो बलात्कार गरेको थियो । म अब तयार छु । डन, के तिमी यसलाई प्रकाशित गर्न तयार छौ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार