मंगलसेन नगरपालिका ६ पुर्ण साक्षर घोषणा

158
SHARES
113
VIEWS

अछाम । मंगलसेन नगरपालिका वडा नम्बर ६ लाई पुर्ण साक्षर वडा घोषणा गरिएको छ । पुर्ण साक्षरता सहित कुरिती कुसंस्कारको निकास, ज्ञान, सीप, संस्कार र संस्कृतिको बिकास भन्ने मुल नाराका साथ भएको कार्यक्रममा सविधान सभा सदस्य भैरै कामि प्रमुख अतिथी रहनु भएको थियो ।

प्रमुख अतिथी कामिले प्रमुख अतिथिको आसनबाट बोल्दै सदस्य कामिले अशिक्षाका कारणले बिपन्नता, अन्ध विश्वास, बेरोजगार आदि नकारात्मक प्रवृत्तिले निरक्षरहरुलाई नै बढी असर पर्ने हुनाले सबै साक्षर हुनुपर्ने कुरामा जोड दिनु भयो । जबसम्म सबैको शिक्षामा पहुच पुग्दैन तबसम्म दिगो बिकासका लक्ष्य हासिल गर्न नसकिने भएकाले साक्षरता अभियानलाई सबैले साथ दिनु पर्ने बताउनु भयो ।

समाजमा जरा गाडेर बसेका कुरिती कुसंस्कारलाई अन्त्य गर्नमा नगरबासी सबैको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । कार्यक्रमका बिशिष्ट अतिथी मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले समृद्ध नेपाल, सुखी नेपालिको नारालाई सार्थक बनाउन प्रत्येक नेपालिले जीवन उपयोगी ज्ञान, सिपबाट सुसज्जित र शिक्षित हुन जरुरी रहेको बताउनु भयो ।

यहि पौष २७ गते भित्र मंगलसेन नगरपालिकालाई साक्षर पालिका घोषणा गर्ने लक्ष्य राखेको हुदा सबैको साथ सहयोगको अपेक्षा गरेको बताउनु भयो । अब पनि कोहि ब्यक्ती निरक्षर भएमा नगरपालिका र वडा बाट पाइने सेवा सुबिधाबाट बन्चित गरिने बताउनु भयो । कार्यक्रमका अध्यक्ष मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले आफू आफ्नो वडा र नगरको बिकास लागि अहोरात्र खटि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

साक्षर वडा घोषणा अभियानलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो । वडाको तथ्यांक अनुसार १५ बर्षमुनिको जनसंख्या ६ सय १२ रहेको छ भने १५ देखि ६० बर्ष सम्मको कुल जनसंख्या ८ सय ९६ र ६० बर्ष भन्दा माथिको जनसंख्या १ सय ३५ गरि वडाको कुल जनसंख्या १ हजार ६ सय ६ रहेको छ । १५ देखि ६० बर्षको ८ सय ९६ जनसंख्या मध्ये ८ सय ७६जना साक्षर भइसकेका छन भने निरक्षरको सङ्ख्या २० जना मात्र रहेको जनाइएको छ ।

वडाको कुल जनसंख्याको ९७.७७ प्रतिशत जनसंख्या साक्षर भएसँगै वडालाई पुर्ण साक्षर वडा घोषणा गरिएको वडा अध्यक्ष भण्डारीले बताउनु भयो । वडामा २.२३ प्रतिशत जनसंख्या निरक्षर रहेको तथ्यांकमा उल्लेख गरिएको छ । कार्यक्रममा वडाको बिकासका लागि अहोरात्र खटिने व्यक्तिलाई सम्मान स्वरुप नगद पुरस्कार पनि वितरण गरिएको थियो ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सल्लाहकार सदस्य दुर्गा प्रसाद भण्डारी, नेपाली काङ्ग्रेस का क्षेत्रिय सदस्य नन्दाराम भण्डारी, वडा नम्बर ७ का अध्यक्ष शिद्धराज ढुंगाना, वडा नम्बर १० का अध्यक्ष नेत्रबहादुर रावल, कार्यपालिका सदस्य भावना बिक, वडा सदस्य नरपति भण्डारी, देबेन्द्र प्रसाद भण्डारी, राजु देवी भण्डारी, गाजली दमाई, नेकपा वडा कमिटी सचिव लोकराज भण्डारी, नेपाली काङ्ग्रेसका वडा सभापति हेमराज भण्डारी, गंगा माबिका प्रअ मोतीराम भण्डारी, मनकामना माबी बलाताका शिक्षक डन्डी प्रसाद खतिवडा, मनकामना आधारभूत विद्यालयका प्रअ नगेन्द्र प्रसाद भण्डारी, मालिका आधारभुत विद्यालयका प्रअ भक्तराज ढुंगाना, स्वास्थ्य संयोजक चन्द्र प्रसाद ढुंगाना, नगरपालिकाका सुचना अधिकृत पौरख बोगटी लगाएतका अतिथी रहनु भएको थियो ।

कार्यक्रममा विभिन्न सास्कृतिक झाकी पनि प्रस्तुत गरिएका थिए । वडा सदस्य नरपती भण्डारिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन वडा सचीव नन्दराज ढुंगानाले गर्नु भएको थीयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार