आगामी चुनावमा नेकपाको एक्लै दुई तिहाइ बहुमत ल्याउँछ

660
SHARES
178
VIEWS

चितवन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा पार्टीले एक्लै दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिकामा आइतवार नेकपाले गरेको कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डले आगामी चुनावमा नेकपाले एक्लैले दुई तिहाई सिट ल्याउने दाबी गरे । प्रचण्डले पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउँदा दुई तिहाइ सिट ल्याउन सकिने बताए ।

प्रचण्डले भने,– ‘अब ३ वर्ष पार्टीको काम र सरकारको कामले आउने निर्वाचनमा एक्लैले दुई तिहाइ बहुमतको सुनिश्चितता गर्नुछ । त्यो प्रतिवद्धता हामीले व्यक्त गरेका छौं ।’ पार्टी एकीकरण प्रकृयाले लामो समय लिँदा केही समस्या देखिएको भएपनि आगामी दिनमा भने केही समस्या नदेखिने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार