अछाममा छाउ गोठ भत्काउने अभियानमा तिब्रता

45
SHARES
250
VIEWS

अछाम । स्थानिय तहसँग सहकार्य गर्दै नेपाल प्रहरीले अछाममा छाउपडि गोठ भत्काउने अभियानलाई तिब्रता दिएको छ । स्थानिय सरकारले कानुन कार्यान्वयनलाई अगाडी बढाएपछि धमाधम छाउपडि गोठ भत्काउने निर्णय गरेपछि प्रहरी एक सातादेखि साफेबगर नगरपालिकाका विभिन्न वडामा छाउपडि गोठ भत्काउने अभियानलाई अगाडि बढाएको छ ।

एक हप्ताको अवधिमा स्थानिय, जनप्रतिनीधी र प्रहरीको सक्रियतामा अछाम जिल्लामा २ सय ९८ गोठ भत्काईएका छन । आज मात्रै तुर्माखाद गाउपालिका वडा नम्बर ५ नाडाको ढाँगटा टोलमा १२ छाउपडि गोठ भत्काईएका छन । वडा अध्यक्ष तुलाराम जैसिको नेतृत्वमा उहाँकै टोलबाट गोठ भत्काउने अगाडी बढेको उहाँले बताउनु भयो ।

अभियानमा तुर्माखाद प्रहरी कार्यालयका ईञ्चार्ज लाल बहादुर सुनार, नेकपाका धरणीधर जैसि, नेपाली काग्रेसका प्रताप शाही, च्ख्ध्च्ःए का शेर बहादुर साउद लगाएतको सहभागिता रहेको थियो । वडाका सबै टोलमा अभियानका साथ गोड भत्काउने अभियानलाई जारी राख्ने वडा अध्यक्ष जैसिले बताउनु भयो ।

यस्तै  रामाराशेन गाउँपालिका वडा नम्वर १ मलातीकोटमा छाउपडी गोठ भत्काउने अभियान सुरुभएको छ । वडा अध्यक्ष खडक बहाखुर साउँदखको नेतृत्वमा आज बाट अभियानको थालनी गरीएको हो । आजवडाको चित्रेपाटा चादासैन मानडाडाका ९ वटा छाउगोठ भत्काईएका छन ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष साउँदले समाजमा जरा गाडेर बसेका कुरीती, कु संस्कार र कुप्रथा अन्त्यका लागी आफु निरन्तर रुपमा लागी परेको बताउनुभएको छ । उहाँले बिशेषगरी छाउपडी प्रथाको अन्थ्यका लागी वडा कार्यललयले सुरु गरेको अभियान लाई सफल पार्नको लागी सहयोग गरीदीन आग्रह गर्नुभएको छ ।

छाउगोठमा बसेर जिल्लामा धेरै महीलाको ज्यान गईसकेको भन्दै उहाले छाउगोठमा पठाएर अकालमै ज्यान जाने खालका क्रियाकपलाप नगर्न आग्रह गर्नुभयो । साथै उहाँले वडाले सुरु गरेको अभियान र नियम लाई पालना नगरी छाउगोठमा बस्ने र बस्न लगाउने परिवार लाई वडा कार्यलय बाट पाउने सेवा सुविदा बाट बञ्चीत गरीने जानकारी गराउनुभएको छ ।

वडाका जनप्रतिनिधि, राजनैतिनकि दल, आमा समुह, युवा क्वल, वालक्लव, सुरक्षा निकाय, संघ संस्का प्रतिनिधि, शिक्षक र स्थानियहरु छाउपडी गोठ भत्तकाउने अभियानमा सक्रिय भएर लागेका छन । यसैबिच जिल्लाका अन्य ठाउँमा पनि छाउगोठहरु भत्काईएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार