इटालीमा हिमपहिरो, तीनजनाको मृत्यु l

9
SHARES
52
VIEWS

इटालीको भाल सेनालेसमा हिमपहिरोमा परेर तीनजनाको ज्यान गएको छ । भाल सेनालेसको पहाडी क्षेत्र अल्पसमा स्कीइङ गरिरहेका बेला हिमपहिरो जाँदा एक महिला र सात वर्षका दुई बालिकाको मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु हुने ३५ वर्षकी महिला मृत्यु भएका मध्ये एक बालिकाको आमा रहेको बताइएको छ । अस्ट्रियाको सीमासँग जोडिएको क्षेत्रमा तीनैजनाले स्कीइङ गरिरहेका थिए । उनीहरु सबै जर्मन नागरिक रहेको बताइएको छ ।

७० जना उद्धारकर्मी तथा तीन हेलिकप्टरको सहायतामा उनीहरुको शव निकालिएको छ । दुईजनाको घटनास्थलमै र एक बालिकाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा निधन भएको हो।

सोही समूहका अरु दुईजना घाइते भएका छन्, तर उनीहरुको अवस्था गम्भीर भने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार