ज्येष्ठ नागरिकलाई गाउँपालिका सरकारबाट बिशेष संरक्षण तथा सामाजिक सुरक्षाको प्रत्याभुत दिलाउँछु :अध्यक्ष खड्का

208
SHARES
187
VIEWS

दिनेश केशी,अछाम

बान्नीगढि जयगढ गाउँपालीकाले जेष्ठ नागरिकलाई न्यानो कपडा ९कम्बल० बितरण गरेको छ ।

गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण साखाको आयोजनामा गाउँपालिकाका छ वटै वडामा आर्थीक अवस्था कमजोर,असक्त तथा बिपन्न परिवारका जेष्ट नागरिकलाई चिसो छल्न न्यानो लुगा प्रदान गर्ने उद्यश्यका साथ गाउँपालिकामा ६० बर्ष भन्दा माथीका बृद्ध बृद्धाहरुलाई बिहिबार र शुक्रबार एक कार्यक्रमका बिच कम्बल तथा स्वास्थ्य चौकी दर्नामा हिटर र अन्य वडामा न्यानो लुगा बितरण गरिएको हो ।


६ वटै वडाका वडा अध्यक्षको अध्यक्षतामा छुट्टा छुट्टै कार्यक्रम सम्पन्न भएको हो । छ वटा वडामा भएको जेष्ठ नागरिकलाई कम्बल बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र खड्का प्रमुख अथिती रहनु भएको थियो ।

प्रमुख अथितीको आसन बाट बोल्दै खड्काले गाउँपालिकाका सम्पुर्ण जेष्ठ नागरिकहरु चिसो बाट बच्न र बिभिन्न रोग लाग्न नदिने उद्येश्यले गाउँपालिकाको तर्फबाट सानो सहयोग गरेको बताउनु भयो । गाउँपालिकाका बृद्ध बृद्धाहरुलाई संधै अभिभावक सम्झिरहने अध्यक्ष खड्काले सुरुमा थोरै राहत भएपनि आगामी कार्यक्रमहरुमा सबैलाई समेट्ने र जेष्ठ नागरिकको हक र अधिकारलाई सुसुचित ढंगबाट प्रत्याभुत गराउने खड्काले उद्घोष गर्नु भयो । छ वटै वडामा भएको कम्बल बितरण कार्यक्रमको सन्चालन गाउँपालिका महिला तथा बालबालिका साखा प्रमुख सम्झना पुरीले गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार