दिनेश केशी,अछाम
सिभिल बैंक जयगढ साखाद्धारा एक छात्रालाई पाँच हजारको चेक हस्तान्तरण गरिएको छ । सिभिल बैँकको ९ औँ स्थापना दिवशको अवसर पारी अलकनन्दा माद्यामिक बिद्यालय तिमिल्सेनमा कक्षा १० मा अध्ययनरत छात्रा कबिता खत्रीलाई शुक्रबार एक कार्यक्रमका बिच छात्रबृती अनुरुप ५ हजारको चेक हस्तान्त्रण गरिएको हो ।
सामाजिक उत्तरदायित्व अन्तरगत बिद्यालयमा गरिब,जेहेनदार तथा बिपन्न बिद्यार्थीलाई छनोट गरि बिद्यार्थीलाई पा्रेत्साहन स्वरुप पाँच हजार सहयोग गरेको सिभिल बैंक जयगढ साखाका साखा प्रबन्धक जगदिश भट्टले बताउनु भयो ।
सिभिल बैंक जयगढ साखाले सामाजिक उत्तरदायित्व अन्तरगत यस्ता थुर्पै कामहरु गरेको र आगामी दिनमा सामाजिक हकहितमा यस्ता थुर्पै कामहरु गर्दै जाने भट्टले बताउनु भयो ।
५ हजारको चेक ग्रहण गर्दै कक्षा १० मा अध्ययनरत छात्रा कबिता खत्रीले सिभिल बैंकको सहयोगलाई अनुपम उपहारको रुपमा लिदै सिभिल बैंक प्रति छात्रा खत्रीले निकै आभार र खुसी ब्यक्त गरेकी छन ।
बिद्यालय ब्यावस्थापन समिती अध्यक्ष तिलक खत्री तिमिल्सेनाको अध्यक्षतामा भएको चेक हस्तान्त्रण कार्यक्रममा बान्नीगढि जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का प्रमुख अथिती रहनु भएको थियो । कार्यक्रमको सन्चालन सिभिल बैंक जयगढ साखाका अपे्रसन ईन्चार्ज शैलेस कुंवरले गर्नु भएको थियो ।
Discussion about this post