सहकारीमा आबद्ध हुन नगर प्रमुख देवकोटाको अनुरोध

27
SHARES
149
VIEWS

तपेन्द्र धामी, अछाम । सहकारी ऐन,नियमावली तथा सम्पती शुद्धिकरण निवारणमा सहकारी सँस्थाहरुको भूमिका विषयक अभिमूखीकरण कार्यक्रम आज पन्चदेवल विनायक नगरपालिकामा समपन्न भएको छ ।

हातेमालो बचत तथा ऋण सहकारी सँस्था लिमिटेड विनायककमा उपाध्यक्ष दिपेन्द्र बहादुर धामीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा प्रमुख अतिथी रहनुभएकोथियो ।

प्रमुख अतिथीको आसनबाट बोल्दै नगर प्रमुख देवकोटाले सहकारीले नै सँशारमा आमुल परिर्वत ल्याएकोले सम्पूर्ण नागरिकहरुले सहकारीमा आबद्ध भएर अगाडि बढ्न अनुरोध गर्नुभयो साथै एक फरक प्रसँगमा बोल्दै उहाँले नगरभित्र रहेका सहकारीहरुले वार्षिक रुपमा एकपटक मात्रै साधारण सभा गर्नुभन्दा पनि चौमासिक रुपमा कार्यक्रम गरेर शेयर सदस्यहरुलाई प्रगति प्रतिबेदनबारे जानकारी गराएर अघि बढ्न समेत आग्रह गर्नुभयो ।

अभिमुखी कार्यक्रममा पन्चदेवल विनायक नगरपालिकाका नगर उप प्रमुख अम्बिका चलाउने विशिष्ट अतिथी रहनुभएको थियो । विशिष्ट अतिथी आसनबाट बोल्दै नगरपालिका उप प्रमुख चलाउनेले पन्चदेवल विनायक नगरपालिकाले सहकारी ऐन तयार गरिसकेकोले नगरभित्रका समपूर्ण सहकारीहरुले सहकारीको ऐन अनुसार अगाडी बढ्नुपर्ने र नगरपालिकाले पनि सहकारीलाई गर्नुपर्ने सहयोग गर्न आफु र सिँगो नगरपालिका तयार रहेको बताउनुभयो ।

साथै उहाँले सहकारी सँस्थाहरु व्याक्तिको कब्जामा भएमा समुदायमा काम गर्न नसक्ने धारणा राख्नुभयो ।

कार्यक्रमका अतिथी पन्चदेवल विनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले विकास राष्ट्र निर्माणको साझेदार सँस्था सहकारी भउपनि कतिपए सहकारीहरुका कारण कैँयौ नागरिक ठगिएकोले नगरपालिका भित्रका सहकारीहरुले सद्भावको रुपमा अगाडी बढ्नुपर्ने र पुराना कुराहरु सुधार गर्न सहकारीको नयाँ कानुन जरुरी रहेको औँल्याउनुभयो ।

कार्यक्रममा पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तारा प्रसाद खनाल,सम्बृद्ध पहाड अछामका कार्यक्रम सँयोजक अम्मरनाथ न्यौपाने,नेपाल पत्रकार महासँघ जिल्ला शाखा अछामका सह सचिब तपेन्द्र बहादुर धामी लगायतका अतिथीहरु रहेकाथिए ।

अभिमुखीकरणको उद्देश्यबारे समृद्ध पहाड अछामका जिल्ला सँयोजक अम्मरनाथ न्यौपानेले जानकारी गराउनुभएकोथियो ।
सहकारीहरुको क्षमता विकास ,सहकारीको सुदृढीकरण र सहकारीको भूमिकाकाको जानकारी गराउने उद्देश्यले अभिमूखीकरणको आयोजना गरिएको बताईएको छ ।
अभिमुखीकरणमा ,सहकारीको ऐन,नियम,सहकारीको कोष व्यवस्था,अभिलेख र सुचना व्यवस्थापन ,निरिक्षण तथा अनुगमन,सहकारीको शेयर लाभाँस लगायतका विषयमा छलफल गरिएको हो ।
सुदुरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी सँघका लेखा समिती सदस्य पुष्पराज तिमील्सैनाको स्वागत मन्तव्यबाट सुरुभएको उद्घाटन कार्यक्रमको सन्चालन हातेमालो बचत तथा ऋण सहकारी सँस्था लिमिटेड विनायकका व्यवस्थापक नरेन्द्र प्रसाद न्यौपानेले गर्नुभएकोथियो ।

अभिमुखीकरणको सहजीकरण जिल्ला सहकारी सँघ अछामका अध्यक्ष तथा समृद्ध पहाड अछामका सँयोजक अम्मरनाथ न्यौपाने र प्रदेश बचत तथा ऋण सहकारी सँघका लेखा समिती सदस्य सदस्य पुष्पराज तिमील्सैनाले गर्नुभएकोथियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार