रिजन धामी, अछाम । पन्चदेल विनायक नगरपालिकाद्धारा विनायक वजारको अनुगमन गरिएको छ । पन्चदेवल विनायक नगरपालिकाका नगर उप प्रमुख अम्बिका चलाउनेको सँयोजकत्वमा विनायक बजारको पन्चदेवल बजारमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा अनुगमन टोलीले ४०केजी म्याद नाघेको आटा,१९प्याकेट तास,४५पोका घरेलु मदिरा बरामद गरेको छ । अनुगमन समितीका सँयोजक नगर उप प्रमुख अम्बिका चलाउनेले सर्बसाधारण जनता कालो बजारीको मारमा नपरुन र गुणस्तरीय खाद्य बस्तु उपभोग गर्न पाउन भन्ने उद्देश्यले बजार अनुगमनलाई पहिलो प्राथमिकता दिएको र अनुगमनलाई निरन्तर अगाडि बढाईने बताउनुभयो ।
अनुगमनकै क्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले मदिरा नियन्त्रण बजार सरसफाई लगायतका विषयमा पनि नगरपालिकाले रणनितिक योजना बनाईसकेकोले अनुगमन पनि महत्वपूर्ण कुरा रहेकोसमेत बताउनुभयो साथै उहाँले नगरपालिकाको विनायक बजार क्षेत्र मात्र नभई नगरपालिका भित्रका सम्पूण बजारहरुमा समेत अनुगमन गरिने बताउनुभयो ।
नगर उपप्रमुख अम्बिका चलाउनेको सँयोजकत्वमा भएको अनुगमन टोलीमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझाी, नगरपालिकाका बिषयगत शाखाका प्रमुख तथा प्रतिनीधी,सुरक्षाकर्मी,पत्रकार,वजार विकास तथा प्रवद्र्धन समिती विनायकका अध्यक्ष प्रदिप सिँह कडायत लगायतका सहभागीता रहेकोथियो । पन्चदेवल विनायक नगरपालिकाले पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ मा पर्ने विनायक विच बजार यस अघि अनुगमन गरिसकेको छ ।
Discussion about this post