सीमा विवादबारे भारतले पत्र पठायो, कालापानी आफ्नै भएको दाबी

138
SHARES
195
VIEWS

काठमाडौं । भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ । भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले विरोधमा कुटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्तावसमेत गरेको थियो । नेपालको पत्रलाई एक महिनापछि भारतले ‘रेस्पोन्स’ गरेको हो ।

यसै साता नेपालस्थित भारतीय दूतावासमार्फत सरकारलाई सम्बोधन गर्दै पठाइएको पत्रमा ‘कालापानी’ सुस्ता क्षेत्रको समस्या सल्टाउन भारत तयार रहेको उल्लेख छ । वार्ताका लागि नेपालले यसअघि मितिसहितको प्रस्ताव गरे पनि भारतले पठाएको जवाफमा भने मिति उल्लेख छैन । पत्रमा आपसी समझदारीमा उपयुक्त तिथिमा वार्ता गर्ने व्यहोरा छ ।

यसअघि दुवै पक्षले तय गरेको परराष्ट्र सचिवस्तरिय सयन्त्रबाटै यो विषय हल गर्ने भनिएको छ । पत्रको पहिलो बुँदामा भारतले कालापानी क्षेत्र आफ्नै रहेको दाबी गरेको छ । यद्यपि यो भूमिलाई विवादित भूमिका रुपमा पनि उल्लेख गरेको छ । कान्पिुर दैनिकले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार