ओली सरकारलाई कडाचेतावनी दिदै विप्लवले निकाले यस्तो कडा विज्ञप्ति (विज्ञप्तिसहित)

99
SHARES
120
VIEWS

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी सहयोगमा सञ्चालित हुने एमसीसी परियोजना संसदबाट पारित गराउने तयारी गरेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कडा चेतावनी दिएको छ । अमेरिकी र नेपालबीच भएको सम्झौतालाई संसदबाट पारित गर्ने नेकपाको तयारीप्रति विद्रोही नेकपाले गम्भीर आपत्ति जनाएको हो ।

विप्लव नेकपाले सोमबार विज्ञप्ति जारी गर्दै सम्झौता संसदको हिउँदे अधिवेशनबाट पारित गर्ने तयारीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा अमेरिकी साम्राज्यवादी शक्तिले दक्षिण एसिया र नेपाललाई प्रयोग गर्ने दुष्ट, कुत्सित नियतले अमेरिकाले नेपाललाई मोटो रकम गुलियो विषमार्फत् फसाउन एमसीसी सम्झौतामा फसाउने षड्यन्त्र गरिएको दाबी गरिएको छ । विज्ञप्तिमा सबै पक्षलाई सम्झौताका विरुद्धमा उत्रिन समेत आह्वान गरिएको छ ।

यस्तो छ प्रेस विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार