बानेश्वर अालाेकनगर स्थित सान्त्वना मेमोरियल कलेजले जावलाखेल वडा कार्यलय अगाडि करिब डेढ सय सडक मानवलाई जाडाेकाे कपडा वितरण गरेको छ ।
सान्त्वना कलेज स्नातकोत्तर दाेस्राे बर्ष सामाजिक कार्य अध्यन गरिरहेका बिद्यार्थीहरुले पौष तीन गते बिहीबार ललितपुरको जावलाखेल वडा कार्यलय अगाडि कपडा वितरण गरेको हाे । हरेक हप्ताको बिहीबार खाना खानाको लागि अाउने सडक मानव र ज्याला मजदुरहरुलाई वितरण गरेको हाे । सान्त्वना कलेजले जाडाेकाे कपडा , सर्ट ,पाइन्ट ,ज्याकेट अादि करिब डेढ सय मानिसलाई वितरण गरेको छ । वितरण गर्दा स्थानीय प्रहरीले र छाेरिकाे लागि छाेरि अभियानले सहयाेग गरेको थियो ।
उक्त दिन सान्त्वनाले कपडा वितरण गरि सकेपछि अनाथ बालबालिका पाल्दै अाएकाे संस्था पुनर्उत्थान प्रतिस्ठान ललितपुर लाई बिस्कुट पनि वितरण गरेको हाे । वितरण कार्यक्रम सहज रुपमा सफल भएको बिद्यार्थी र प्रहरीले बताएका हुन् । जाडाे कपडा पाउँदा धेरै खुसि लागेको पिडितले बताएका थिय ।
Discussion about this post