चिसो अत्याधिक बढेपछि आज र भोलि विद्यालय बन्द गर्ने निर्णय

275
SHARES
180
VIEWS

काठमाडौं – पुस महिना सुरु भएसँगै चिसो अत्याधिक बढेर पठनपाठनमा समस्या भएपछि कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भीमदत्त नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले चिसो बढेको कारण देखाउँदै पठनपाठनमा समस्या हुँदा पुस ३ र ४ गते दुई दिन सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ ।

शाखा प्रमुख हरिदत्त जोशीले जाडो बढेकाले सञ्चित बिदाबाट घटाउने गरी दुई दिन नगर भित्रका सामुदायिक एवं निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको बताएका छन् । ‘चिसोमा विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिँदै दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ,’ उनले भने, ‘अत्यधिक चिसोका कारण पठनपाठनमा समस्या हुने देखर बिदा दिने निर्णय गरिएको छ ।’

अत्यधिक चिसोसँगै शितलहर परेपछि कञ्चनपुर लगायत तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । तराईका जिल्लामा हुस्सु र शितलहर देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार