अछाममा अस्पताल भित्रै बिरामीद्धारा आत्महत्या

32
SHARES
180
VIEWS

टेकराज भण्डारी, अछाम । अछामको बयालपाटा अस्पतालमा उपचाररत बिरामीले आत्महत्या गरेका छन् । विगत २ बर्षदेखि दीर्घक्षयरोगको उपचार गराईरहेका मंगलसैन नगरपालिका वडा नम्बर ८ ओलिगाउँका ५० बर्षीय सर्जन परियार अस्पतालभित्रै मृत अवस्थामा फेला परेका हुन् ।

सोमबार राती उनले आफु बस्ने कोठाको पंखामा डोरीले पासो लगाई आत्महत्या गरेका अछाम प्रहरीले जनाएको छ । उनी २ बर्षदेखि बयालपाटा अस्पतालमा उपचार गराई रहेका थिए । क्षयरोगको औषधि अनियमित गर्दा रोग कडा हुँदै गएको अस्पतालले जनाएको छ ।

क्षयरोग कडा भएको र अरुलाई समेत सर्ने भएकाले उनलाई छुट्टै कोठामा राखेर उपचार भैरहेको थियो । उनको औषधिको मात्रा माघ महिनामा पूरा हुने अस्पतालले जनाएको छ । उनले त्यसअघि नै आत्महत्या गरेका छन् ।

मृतक परियारको आज जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाईएको छ । मृतकका श्रीमति ४ छोरा र १ छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार