उपसभामुखलाई राजीनामा गराउँदै नेकपा

27
SHARES
151
VIEWS

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदको हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ । पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपा नेता एवं जेष्ठ सदस्य महन्त ठाकुरले गर्नुहुने भएको छ ।

संसदको नियमावलीमा रहेको व्यवस्थाअनुसार प्रतिनिभिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन् । सभामुख नहुँदा ज्येष्ठ सदस्यबाट गराइन्छ । तर यौन दुर्व्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ ।

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिष्पर्धा गर्न नपाउने भएकाले नेकपाले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउन लागेको हो ।

सभामुख आफ्नो पार्टीले लिँदा उपसभामुख अन्य वार्टीलाई दिने नेकपाले तयारी गरेको छ । उपसभामुख तुम्बाहाम्फेले भने सभामुखको निर्वाचन प्रक्रिया प्रारम्भ भएपछि मात्रै आफूले राजीनामा दिने बताउनुभएको छ । याे खबर  आजकाे अन्नपूर्ण पोष्ट्मा  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार