अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

73
SHARES
404
VIEWS

अछाम । जिल्लाको मेल्लेख गाउँपालिका २ मा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । मंसिर १५ गते घरबाट निस्किएका मेल्लेख गाउँपालिका २ ऋषिदहका ७७ बर्षिया लाल सिंह बुढाको ज्यान गएको हो ।

बुढा घाँस काट्नका लागि चिमेडो लाग्ने मेलामा गएका बेला भिरबाट लडेर ज्यान गएको हो । घरमा एक्लै बस्दै आयएका बुढाको खोजी गर्दा लडेर भिरमै अड्किएको अवस्थामा फेला पारेको मेल्लेख गाउँपालिका २ ऋषिदहका वडा अध्यक्ष दान बहादुर बुढाले जानकारी दिनु भएको छ ।

उहाँको शव केही समय अगाडी मात्रै डोरीको सहायताले निकालिएको वडा अध्यक्ष बुढाले बताउनु भयो । उहाँको भोली दाहसंस्कार गरिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार