नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा बेहुला पाएपछि मख्ख भएकी छन् । दीक्षेपविक्रम राणासँगको दुई वर्ष लामो प्रेम सम्बन्धलाई उनले शनिवार विवाहमा परिणत गरेकी छन् ।
यसअघि नै उनले आफू प्रेम सम्बन्धमा रहेको बताउँदै आएपनि प्रेमीको नाम भने सार्वजनिक गरेकी थिइनन् । ऋचाका श्रीमान दीपेक्ष ललितपुरमा रहेको लबिम मलका म्यानेजर हुन् । शनिवार दिउँसो केही आफन्त र ईष्टमित्रको उपस्थिमा ऋचाले विवाह गरेकी छन् । विवाह लगत्तै उनले सामाजिक सञ्जाल ट्विटरमा श्रीमानसँगको तस्वीर सार्वजनिक गरेकी छन् ।
सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा तस्वीर राख्दै उनले लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरूको अथाह माया अनि आशिर्वाद सदैव यसरी नै मिलोस् । ऋचा शर्मा र दिपेक्षविक्रम राना ।’
Discussion about this post