डडेल्धुराका ८ वर्षीय एक बालक ५ दिनदेखि बेपत्ता

32
SHARES
175
VIEWS

डडेल्धुरामा एक बालक बेपत्ता ५ दिन देखि भएका छन्। जिल्लाको अमरगढी–९ ढाँटगाउँका पूर्णबहादुर पालका छोरा ८ वर्षीय छोरा प्रविन पाल ५ दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार १६ गते बिहान घरबाट विद्यालय जान्छु भनि गएका पाल सोही दिन बाट बेपत्ता भएका हुन।

उनि भागेश्वर मावि टाँटरमा कक्षा ३ मा अध्ययनरत विद्यार्थी हुन्। १८ गते बालक हराएको उजुरी प्रहरीमा आएको र उनको खोजीकार्य भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार