अछाम । जिल्ला प्रशासन कार्यालय अछामको गाडी आइरहेको बेला अतालिएर सडकमा पछारिदा मंगलसेनमा एक बालक घाइते भएका छन् । घाइते बाँके जिल्लाको गनापुर घर भएका बालक पवन भट्ट हुन् ।
३ वर्षका भट्ट साँफेबगरबाट जिल्ला प्रशासन कार्यालय मंगलसेन फर्किदै गरेको बा २ झ ४५४९ नम्बरको जिल्ला प्रशासन कार्यालयको गाडी आइरहेको बेला बाटो काट्ने क्रममा अतालिएर भुइमा पछारिएका थिए ।
उनको टाउको र हातमा चोट लागेको छ । स्थानीयका अनुसार मंगलसेन बैरागीधारा स्थित मध्यपहाडी लोकमार्गमा गाडी गुड्दै गरेको बेला बालकले बाटो काट्न खोजेपछि गाडी चालकले एक्कासी ब्रेक हान्दा उनी अतालिएर भुइमा पछारिएका हुन ।
सोही क्रममा उनको टाउको र हातमा सामान्य चोट लागेको हो । घाइते बालकलाई गाडीमै सवार प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले सोही गाडीमा जिल्ला अस्पताल मंगलसेन लगेर उपचार गराइएको छ । अस्पतालका अनुसार बालकको भित्री शरीरमा कुनैपनि चोटपटक नलागेकाले उनको अवस्था खतरा मुक्त छ ।
Discussion about this post