टेकराज भण्डारी, मंसिर १९ अछाम । अछामकाे साँफेबगरमा पुस्तक विमाेचन तथा श्रष्ठा विशेष रचना बाचन कार्यक्रम हुने भएको छ । साँफेबगर युवा सञ्जालकाे अायाेजनमा मंसिर २० गते शुक्रबार विविध साहित्यिक कार्यक्रम गरिने र कार्यक्रमकाे तयारी पूरा भएको युवा सञ्जालका अध्यक्ष भुपेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
श्रष्टाहरुलाई प्राेत्साहन र पहिचान, साहित्य संस्कृति संरक्षणमा हाम्राे अभियान भन्ने नाराका साथ कार्यक्रम गर्न लागिएको अायाेजकले जनाएको छ । कार्यक्रममा सञ्जालले प्रकाशन गरेकाे युवा अावाज नामक पुस्तककाे विमाेचन गरिने भएको छ । पुस्तकमाथि साहित्यकार धनराज जाेशीले प्रकाश पार्नुहुने र पूर्ण कुमार रावल मायालुले टिप्पणी गर्नुहुनेछ ।
यस्तै ३ जना श्रष्ठाले सीमा अतिक्रमण बिरुद्ध कविता बाचन तथा ३ जना नारी गजलकारले गजल बाचन गर्ने कार्यक्रम रहेकाे छ । मंगलसैनका टेकराज भण्डारी, साँफेबगरका लक्ष्मण महता लाेकेश र मेल्लेखका मनाेज विवसका ३/३ कविता रहने अायाेजकले जनाएको छ । कार्यक्रमकाे अर्काे अाकर्षण गजल बाचनमा रहने छ ।
गजल बाचनमा ३ जिल्लाका नारी श्रष्ठाकाे सहभागिता रहने भएको छ । जसमा रिता शाही ऋतु बाजुरा, गीता स्मृति कठायत डाेटी र रुक्मिणी शर्मा अछाम रहेका छन् । कार्यक्रममा रेडियो नेपाल कार्यक्रम महाशाखाका निर्देशक तथा बरिस्ठ कवि, गीतकार डाक्टर नवराज लम्साल लगायतकाे विशेष उपस्थिति रहने अायाेजकले जनाएको छ ।
जसमा रेडियो नेपालका समाचार महाशाखाका प्रमुख पवन प्याकुरेल, रिपोर्टिङ शाखा प्रमुख प्रमाेद दाहाल, व्यापार महाशाखा प्रमुख पुस्करराज बराल लगायतकाे विशेष उपस्थिति रहने सञ्जालका अध्यक्ष भण्डारीले जानकारी दिनुभयाे । सबै अर्थमा कार्यक्रम एेतिहासिक हुने अायाेजककाे भनाइ छ ।
Discussion about this post