अछाम । नेपाली काङ्ग्रेस ढकारी गाउँ पालिका वडा न २ र ३ को संयुक्त आमसभा हिच्मामा सम्पन्न भएको छ। सभापति बिष्णु रिमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथितीको आसन बाट बोल्दै संघिय सांसद राम ब बिष्टले कमलबजार एयरपोर्ट चाडै संचालनमा ल्याउने पहलमा आफू लागी परेको बताउनु भयो।
बिसिट अथिति प्रदेस सांसद अम्बिका थापाले प्रदेस सरकारले समाज परिवर्तनका लागि कुनै पनि कार्यक्रम प्रभाबकारी ढंगले अगाडी ल्याउन नसकेको गुनासो गर्नु भयो। कम्युनिस्ट सरकारले महिलाहरुको भौतिक सुरक्षा गर्न नसकेको जिकिर गर्नु भयो। ढकारी गाउँपालिकाको हिच्मा बडिरुखमा भएको सभामा नेकपा पार्टी परित्याग गरि २५ जनाले काङ्ग्रेसमा प्रवेश गरेका छन।
कार्यक्रममा पुर्ब सांसद अक्कल बहादुर बिष्ट, पुर्व पार्टी सभापति पुष्प बहादुर शाह, महासमिति सदस्य बल बहादुर कुवर , महाधिवेशन प्रतिनिधि सुरत बहादुर बिष्ट, पन्चदेवल बिनायक नगरपालिका का मेयर देवराज देवकोटा, पार्टी सचिब राम बहादुर शाही , क्षेत्रिय सभापति लक्ष्मण शाहा, ढकारी गाउपालिका अध्यक्ष धन बहादुर बुढा, जिल्ला सदस्य हरि बुढा, लाल बहादुर भण्डारी, द्वारिका प्रसाद उपाध्यय, तरुणदल जिल्ला अध्यक्ष प्रकाश सावद, क्षेत्रिय सदस्य चन्द्र बुढा, नेपाल शिक्षक संघ ढकारी गाउपालिका अध्यक्ष बम बहादुर बुढा, तरुदल जिल्ला सदस्य चक्र सावद लगायतले मन्तव्य राख्नु भएको थियो।
जनक ब शाहीले स्वागत गरेको कार्यक्रमको संचालन नवराज नेपाली ले गर्नु भयको जानकारी नेबि संघका पुर्ण बुढाले दिनुभएको हो ।
Discussion about this post