धरानले कांग्रेसलाई कहिलै हार्न दिँदैनः रामहरि खतिवडा

51
SHARES
286
VIEWS

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले मतदातालाई धन्यवाद दिएका छन् । धरानका जनताले कांग्रेसका तिलक राईलाई विजयी बनाएपछि उनले धरानका मतदाता र जनतालाई धन्यावाद दिएका हुन् ।

खतिवडाले इतिहासमा पहिलो पटक धरानमा नेपाली कांग्रेसले विजयको सुरुवात गरेको बताए । ‘सधैं धरानले कम्युनिस्टलाई जिताउने, आफू हार्ने काम ग¥यो’, उनले ट्वीट गर्दै भनेका छन्, ‘अब आफू पनि जित्ने र धरानपनि जिताउन सफल हुनुहोस् ।सबैभन्दा प्रिय मतदाता र अन्य सबै सहयोग गर्नेलाई हार्दिक बधाई । तिलक राईज्यूलाई सफल कार्यकालको शुभकामना ।’

तिलक राईको चुनावी अभियानका क्रममा नेपाली कांग्रेसका युवा नेता खतिवडाले धरानका जनतालाई एक पटक कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा भोट होलेर धरानको मुहार फेर्न आग्रह गरेका थिए । त्यति मात्रै होइन सधैँ कम्युनिस्टहरूलाई जिताएको धरानले कम्युनिस्ट नेताहरू पदमा पु¥याए पनि धरान आफू भने सधैँ विकासबाट अझोलमा परेको खतिवडाले बताएका थिए ।

खतिवडासहितका नेपाली कांग्रेसका नेताहरूले भने जस्तै अब तिलक राईको नेतृत्वमा धरानले विकासको मुहार फेर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार