भोट नदिएको भन्दै कांग्रेस कार्यकर्ताबीच कुटाकुट

51
SHARES
283
VIEWS

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका १ छतारामा वडा अध्यक्षको लागि भएको उपनिर्वाचन हारेको विषयलाई लिएर नेपाली काँग्रेसका कार्यकर्तावीच आपसमा कुटाकुट भएको छ । शनिबार सम्पन्न भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका खगेन्द्र चंदारा नेकपाका मनराजे बुढासंग २० मतले पराजित भएको विषयलाई लिएर नेपाली काँग्रेसका भीम चंदारा र कालु चंदारावीच सोमबार आपसमा कुटाकुट भएको बताईएको छ ।

चुनाव हारेको विषयलाई लिएर छतारामा काँग्रेसका कार्यकर्तावीच कुटाकुट भएको खबरपछि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धवसिंह भाट सोमबार छतारामा पुगेका थिए । कालु चंदाराको कुटाईबाट भिम चंदारा घाईते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ भने कालु चंदारालाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको छ ।

छतारामा शनिवार सम्पन्न भएको वडा अध्यक्षको उपनिर्वाचनमा नेकपाका मनराजे बुढा २० मतको अन्तरले विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार